×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय बिमाले १२५.१४% लाभांश दिंदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

राष्ट्रिय बिमाले १२५.१४% लाभांश दिंदै

१४ फाल्गुन २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – राष्ट्रिय बिमा कम्पनीले १२५.१४% लाभांश दिने भएको छ । कम्पनीले १२०% बोनस सेयर र कर तिर्न ५.१४% नगद लाभांश दिने भएको छ । कम्पनीले हाल कायम रहेको २६ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजीको १२०% बोनस सेयर दिने घोषणा गरेको हो । नियामक बिमा समिति र वार्षिक साधारण सभाबाट बोनस प्रस्ताव अनुमोदन भए पछि वितरण प्रकृया अघि बढाइने कम्पनीले जनाएको छ ।
राष्ट्रिय बिमा कम्पनीले यसअघि पनि ३ आर्थिक वर्षको नाफाबाट एकैपटक ११४.२७% बोनस सेयर वितरण गरेको थियो । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३७ करोड २५ लाख ४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको बिमा कोषमा पनि १ अर्ब २६ करोड ३० लाख ९० हजार रुपैयाँ जम्मा भएको छ । राष्ट्रिय बिमा कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) १३९ रुपैयाँ ७० पैसा र प्रतिसेयर नेटवर्थ ८४३ रुपैयाँ ११ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी