×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएलगत्तै मन्त्री पण्डितले लिए होटल र अस्पतालमाथि यस्तो ‘एक्सन’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएलगत्तै मन्त्री पण्डितले लिए होटल र अस्पतालमाथि यस्तो ‘एक्सन’

Artha Sarokar

१३ फाल्गुन २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएलगत्तै मन्त्री लालबाबु पण्डितले वातावरणीय मूल्याङ्कन नगर्ने होटल, अस्पताल र उद्योगमाथि कारबाही थालेका छन् । वातावरीणय मूल्याङ्कन नगरी पूर्वाधार बिस्तार गर्ने पाँचतारे होटल कारवाहीमा परेका हुन् ।
नियम मिचेर पूर्वाधार विस्तार गर्ने सोल्टी होटल, सिटी होटल, द्वारिकाज होटल र काठमाडौं गेष्ट हाउसमाथि कारवाही चलाइएको हो । ती होटलले वातावरणीय मूल्याङ्कन नगरी होटल सञ्चालन तथा पूर्वाधार विस्तार गरेको भन्दै मन्त्री पण्डिले प्रतिहोटल एक–एक लाख रुपैयाँ जरिवाना तिराएका स्वकीय सचिव ओसिस आलोमले जानकारी दिए ।
त्यस्तै अरनिको आबु सिमेन्टले दाङको सतबरियामा सिमेन्ट उद्योग खोल्न वातावरणीय मूल्याङ्कन गरेर तनहुँमा सिमेन्ट उद्योग चलाएको भन्दै ५० हजार जरिवाना गरिएको छ ।
वातावरणीय मूल्याङ्कन नगर्ने कमला रोलिङ प्रालि र काठमाडौं दूध वितरण आयोजना बालाजुलाई पनि ५० हजार जरिवना गरिएको छ । तोकिएको मापदण्ड छिट्टै पूरा नगरे थप कारवाही हुने आलोमले जानकारी दिए ।
त्यसैगरी मन्त्री पण्डितले नेपाल नेशनल अस्पताल काठमाण्डु, अन्तराष्ट्रिय मैत्री बाल अस्पताल, काठमाण्डु मोडेल अस्पताल र काठमाण्डु अस्पताल त्रिपुरेश्वरलाई कारवाही गर्न जिल्ला जनस्वास्थ्य कार्यालयलाई निर्देशन दिएका छन् । मन्त्री पण्डितले नियम मिच्ने अन्य उद्योग, होटल र अस्पताललाई पनि कारवाही निर्देशन दिएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी