×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया ग्रोथ फन्डमा आवेदन दिने आज अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआइसी एसिया ग्रोथ फन्डमा आवेदन दिने आज अन्तिम दिन

१३ फाल्गुन २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – एनआइसी एसिया ग्रोथ फन्डले खुला गरेको ८ करोड ५० लाख इकाईमा आवेदन दिने आइतबार अन्तिम दिन हो । यस फन्डले माघ २ गतेदेखि निष्कासन गरेको १० करोड इकाईमध्ये १५% (१ करोड ५० लाख इकाई) कोष प्रवद्र्धक एनआइसी एसिया बैंकलाई छुट्याएर बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणमा बिक्री गरेको हो ।
योजना व्यवस्थापक एनआइसी एसिया क्यापिटलले यसअघि छिटोमा माघ ८ गते र ढिलोमा माघ २१ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेको थियो । यो अवधिमा सबै इकाई नबिकेपछि म्याद थप गरी फागुन १३ गतेसम्म पुर्याइएको हो । यो फन्डमा प्रतिइकाई १० रुपैयाँ दरले आवेदन दिन सकिन्छ । यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम २० लाख इकाईसम्मका लागि आवेदन दिन पाउने व्यवस्था छ ।
आस्वा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । एनआइसी एसिया ग्रोथ फन्ड बन्दमुखी ७ वर्षे योजना हो । यो फन्डको कोष व्यवस्थापक एनआइसी एसिया क्यापिटल हो । एनआइसी एसियाको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी