Skip to content
LAXMI SUNRISE BANK

प्रदेश नं.१ को संसद भवन निर्माण गर्नका लागि जग्गा दिने

अर्थ सरोकार

विराटनगर – महानगरपालिकाले प्रदेश नम्बर १ को संसद भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने भएको छ । बोर्ड बैठकले विराटनगर-८ स्थित हाट खोला मैदानमा संसद भवन निर्माण गर्न डेढ विगाहा जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।
प्रदेश नं.१ को संसद भवन नहुँदा बैठक हाल जिल्ला समन्वय समितिको हलमा बस्दै आएको छ । हानगरपालिका मेयर भीम पराजुलीले तत्काल संसद भवनका लागि संसद सचिवालयलाई हाट खोलाको जग्गा उपलव्ध गराउने निर्णय गरेको जानकारी दिए ।
हाट खोलाको सार्वजनिक जग्गा सार्वजनिक कार्यक्रम र पार्किङका लागि प्रयोग हुँदै आएको छ । अहिले १२ वटा सरकारी क्षेत्रीय कार्यालय र ६ वटा जिल्ला कार्यालयबाट प्रदेश सरकारको काम सञ्चालन हुँदै आएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK