×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मानव बेचबिखनको आरोपमा निर्देशक राजेन्द्र खड्गी सीआईबीको हिरासतमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मानव बेचबिखनको आरोपमा निर्देशक राजेन्द्र खड्गी सीआईबीको हिरासतमा

११ फाल्गुन २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गी मानव बेचबिखनको गम्भीर आरोपमा दुई महिनादेखि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा परेका छन् । उनि ‘रिल लाइफ’मा खलनायकका रुपमा चिनिएका साथै  ‘रियल लाइफ’मा पनि खलनायककै भूमिका खेलेको आरोप लागेको छ ।
उक्त मुद्दामा उनी दोषी ठहरिए भने अधिकतम २० वर्ष (जन्मकैद) सम्म जेल सजायँ हुन सक्छ । प्रहरी हिरासतमा रहेका खड्गीले प्रहरीलाई दिएको वयानमा उनीमाथि लागेको आरोप स्वीकार गरेका छन् । अन्य कलाकारहरुले पनि यस्तै काम गरेको देखेर आफूले गरेको खड्गीको वयान छ । उनको यस्तो वयानले नेपालका अन्य कलाकारहरु पनि मानव बेचविखनमा संलग्न रहेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
तर, कलाकार, खेलाडी अनि नेताहरुको आडमा हुने गरेको मानव ओसारपसार र बेचबिखनलाई उपल्लो तहबाटै बचाउ हुने गरेको प्रहरी अधिकारीहरु गुनासो गर्छन् । राजेन्द्र खड्कीकै केसमा पनि मकवानपुरका केही ठूला नेताहरु समेत बचाउमा लागिपरेको प्रहरीको गुनासो छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी