×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५% बोनसमा मूल्य समायोजनपछि सेन्चुरीको कतिमा खुल्यो सेयर कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

५% बोनसमा मूल्य समायोजनपछि सेन्चुरीको कतिमा खुल्यो सेयर कारोबार ?

११ फाल्गुन २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सेन्चुरी बैंकको ५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोयनपछि बैंकको सेयर भाउ प्रतिकित्ता १९३ रुपैयाँ कायम भएको छ । सोहि मूल्यलाई आधार मानेर बैंकले आज कारोबार खुल्ला गरेको छ । सेन्चुरीको औसत आधार मूल्य २६३ रुपैयाँ छ । यसका लागि शुक्रबारदेखि बुक क्लोज भएको हो । 
बैंकले फागुन ३० गते हुने वार्षिक साधारण सभामा ५% बोनस र ५% नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ । बोनस रकममध्ये ३१ करोड ३५ लाख ५४ हजार ३२७ रुपैयाँ सेन्चुरीबाट, अल्पाइनबाट प्रस्तावित ५ करोड ९८ लाख ३१ हजार ५६५ रुपैयाँ र सेतीबाट प्रस्तावित १ करोड ५ लाख ८७ हजार २०० रुपैयाँ हुनेछ । बोनसपछि सेन्चुरीको चुक्ता पुँजी ८ अर्ब ६ करोड ३४ लाख ३४ हजार ९३० रुपैयाँ हुनेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी