
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्दका कारण देशका विभिन्न स्थानमा आंशिक प्रभाव परेको छ भने केहि स्थानमा त्रासको अवस्था देखिएको छ । यसैबीच नेपाल बन्दको दिन पाल्पा सदरमुकाम तानसेनमा बम बिस्फोट भएको छ भने राजधानी काठमाडौंको मुटु मानिने रत्नपार्कस्थित आरएनएसी अगाडि पनि प्रेसरकुकर बम फेला परेको अपुष्ट खबर छ । प्रहरीले यसबारे कुनै पनि जानकारी दिएको छैन ।
यसैबीच नेकपाका कार्यकर्ताहरुले बिराटनगरमा गाडीमा आगो लगाइदिएका छन् भने विभिन्न स्थानमा टायर बलेका छन् । बन्दका कारण यातायात, शैक्षिक संस्था, उद्योगधन्दा कलकारखाना ठप्प छन् । यद्यपी बन्दमा सार्बजनिक र निजी सवारीसाधन बाहेक प्रेस, एम्बुलेन्स, शब बहान, दुध बोक्ने गाडी र पानी बोक्ने गाडीजस्ता अत्यावश्यक सवारीसाधनलाई चल्न दिएकाे बताइएको छ ।
यद्यपी देशभर बम आतंकसहितको बन्द त्रासदी हुँदा पनि प्रशासन भने रमिते जस्तै बनेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्