×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांसद पद माग गर्दै सिंहले गरे माके र आयोगबिरुद्ध रिट दायर

PRIME CA

सांसद पद माग गर्दै सिंहले गरे माके र आयोगबिरुद्ध रिट दायर

अर्थ सरोकार

७ फाल्गुन २०७४, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – पूर्व कानुनमन्त्री एवं नेपाल जनता दलबाट माओवादीमा प्रवेश गरेका प्रेमबहादुर सिंहले समानुपातिक सांसदको माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् । आफूलाई प्रतिनिधिसभा सदस्य बनाउन माग गर्दै उनले सर्वाेच्च अदालतमा आइतवार रिट दायर गरेका हुन् ।
सिंहले आफु माओवादी केन्द्रको बन्दसूचीमा भएपनि सांसद नवनाएको भन्दै माओवादी केन्द्र र निर्वाचन आयोग विरुद्ध रिट दर्ता गरेका छन् । माओवादी केन्द्र र आयोगलाई विपक्ष बनाउँदै उनले आफु पिछडिएको कलस्टरबाट बन्दसूचीमा रहेको बताएका छन् । आफ्नो नाम अग्रपन्थीमा भएपनि आयोग र पार्टीले आफुलाई सांसद नवनाएको उनले गुनासो गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: