×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओली सरकार बनेलगत्तै सिंहले दिए यस्तो चेतावनी

PRIME CA

ओली सरकार बनेलगत्तै सिंहले दिए यस्तो चेतावनी

४ फाल्गुन २०७४, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – काँग्रेसले पाँच वर्ष जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले बताए । उनले बाम गठबन्धन नेतृत्वको सरकार संविधान विपरित चले कडा प्रतिवादमा उत्रन बाध्य हुने चेतावनी पनि दिए ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले जनताको अपेक्षा अनुसार नचले बाम गठबन्धनलाई पनि आगामी निर्वाचनमा जनताले पराजित गर्ने दावी समेत गरे । काँग्रेस नेता सिंहले निर्वाचन अघि जनतालाई बाँडेको आश्वासन पूरा गर्न नयाँ सरकार केन्द्रित हुने विश्वास पनि व्यक्त गरे ।
नयाँ सरकारले काँग्रेस नेतृत्वको सरकारले राष्ट्रियसभाका लागि सिफारिस गरेका ३ सदस्य फिर्ता लिने तयारी गरिरहेका बेला उनले संविधान विपरित नचल्न सरकारलाई चेतावनी दिएका हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: