
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – फागुन २५ गते ओम डेभलपमेन्ट बैंकको ११ औं वार्षिक साधारण सभा हुने भएको छ । सभामा बैंकले १७.६९% बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । तर कर तिर्न नगद लाभांश बैंकले नदिने भएको छ । त्यसैले कर सेयरधनी आफैले व्यहोर्नुपर्नेछ । फागुन १३ गतेसम्म मात्र कायम सेयरधनीले बैंकले वितरण गर्ने बोनस पाउन सक्नेछन् । बैंकले आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समिति प्रतिवेदन र २०७४ असार मसान्त सम्मको वासलात तथा नाफा नोक्सान हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ ।
साधारण सभा होटल माउण्ट कैलाश रिसोर्ट, लेकसाइड पोखरामा बिहान १० बजे सुरु हुनेछ । बैंकले आर्थिक वर्ष २०७४–७५ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।संस्थापक सेयरधनी (समूह क) र सर्वसाधारण सेयरधनी (समूह ख) बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३–३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि एजेन्डामा राखिएको छ । सभा प्रयोजनका लागि बैंकले फागुन १४ गतेदेखि फागुन २५ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्