×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जागिरको सुवर्ण अवसर, वीपी कोइराला मेमोरियलमा १३१ जना कर्मचारी माग

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

जागिरको सुवर्ण अवसर, वीपी कोइराला मेमोरियलमा १३१ जना कर्मचारी माग

Artha Sarokar

४ फाल्गुन २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – वीपी कोइरला मेमोरियल क्यान्सर अस्पतालले बिभिन्न पदमा १३१ जना कर्मचारी आबेदन माग गरेको छ । अस्पतालले ४ औं तहदेखि ९ औं तहसम्मका कर्मचारी माग गरेको हो । ९ औ तहको लागी बिभिन्न समूहका चिकित्सकहरु २० जना माग गरिएको छ ।
त्यसैगरी ८ औं तहको मेडिकल एलाइड हेल्प समूहमा २ जानको माग गरिएको छ । ७ औं तहको लागी २२ जान माग गरिएको छ । जसमा मेडिकल, नसिङ्ग, हस्पीटल इन्जिनियरिङ, प्रशासन उप समूह रहेका छन् ।
क्लिनिकल, फार्मेसी, ल्याब टेक्निसियन जस्ता पोष्टमा ५ औं तहमा ८१ जनाको लागि आबेदन माग गरिएको छ । ४ औं तहको लागि बायोमेडिकल र जनरलमेन्टिनेन्स तर्फ ६ जनाको लागि आबेदन खुल्ला भएको अस्पतालले आज गोरखापत्रमा प्रकाशन गरेको सुचनामा उल्लेख गरिएको छ ।
१८ बर्ष पुराभई ३५ बर्ष ननाघेका योग्यता पुगेका व्यक्तिले फागुन २५ गतेसम्म आबेदन दिन सक्ने छन् । साथै फागुन २६ गतेदेखि चैत २ गतेसम्म दोब्बर दस्तुर तिरेर आबेदन दिन सकिने छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी