
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार प्रति तोला ५७ हजार ९ सयमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले बढेर ५८ हजार मुल्यमा कारोबार भइ रहेको छ ।
त्यस्तै गरि चाँदी मूल्य स्थिर रहेर प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४९ हजार ७ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४३ रुपैयाँ कायम गरेको छ।