Skip to content
LAXMI SUNRISE BANK

प्रधानमन्त्री ओलीले अपरान्ह ४ बजे शपथ ग्रहण गर्दै

अर्थ सरोकार

काठमाडौँ  – एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
निर्वाचन आयोगले बुधबार राष्ट्रपतिलाई प्रतिनिधिसभा चुनावको अन्तिम नामावली बुझाएसँगै सरकार गठनको बाटो खुलेको थियो । राष्ट्रपतिबाट नियुक्त भएका प्रधानमन्त्री ओलीले दिउँसो ४ बजे सपथ लिने राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति निवास शितल निवासमा प्रधानमन्त्री ओलीले सपथ लिने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK