- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार प्रति तोला ५७ हजारमा कारोबार भइरहेको छापावाला सुन ४ सयले बढेर ५७ हजार ४ सय मुल्यमा कारोबार भइ रहेको छ ।
त्यस्तै गरि चाँदी मूल्य स्थिर रहेर प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४९ हजार २ सय १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३४ रुपैयाँ ५ पैसा कायम गरेको छ।