Skip to content

बैतडीमा चट्याङका कारण २२ नेपाली सैनिक घाइते, पाँचको अवस्था चिन्ताजनक

Dish Home

अर्थ सरोकार

८ वर्ष अगाडि

बैतडी – बैतडीमा चट्याङ लागेर २२ जना नेपाली सेनाका घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको शत्रुमर्दन गुल्मका गुल्मपती सेनानी सुदीप बानियाले जानकारी दिए ।

मंगलबार साँझ ७ः५० बजे परेको चट्याङले शत्रुमर्दन गुल्मका सेनाका जवानहरु घाइते भएको बानियाले बताएका छन् ।
सेनानी बानियाको अनुसार गम्भीर घाइते भएका अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
समान्य घाइते भएका १७ जनाको भने जिल्ला अस्पतालमै उपचार भइरहेको बताईएको छ । तालिममा रहेका सेनाका जवानहरु एक्कासि चट्याङ लागेर घाइते भएका हुन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्