- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- जनता बैंकका फाइनान्स हेड सिए अनिल रेग्मी सेञ्चुरी बैंक जाने भएका छन् । एक पद बढुवा भएर उनी सेञ्चुरी बैंक जान लागेका हुन् । लामो समय जनता बैंकमा काम गरेका उनी सेञ्चुरी जाने भएपछि जनताले नेपाल बंगलादेश बैंकमा कम्पनी सचिव भएर काम गरेका सिए धीरज सुवेदीलाई रेग्मीको ठाउँमा ल्याईसकेको छ भने सुवेदीले जनतामा काम गर्न सुरु गरिसकेका छन् ।
‘केहि दिन उपत्यका बाहिर हुनेछु । त्यसपछि सेञ्चुरी ‘जोइन’ गर्दैछु ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै रेग्मीले भने । पछिल्लो समय सीएफओ पदमा सिएहरुको उपस्थिति सम्मानजनक हुँदै गएको छ ।