
काठमाडौँ – नेकपा माओवादी केन्द्रको प्रदेश १ संसदीय दलमा भागवण्डा मिलेको छ । टंक आङबुहाङ दलको नेता चयन भएका छन् भने प्रदेश सरकारमा पार्टीको नेतृत्व इन्द्र आङबो (मौसम)ले गर्नेछन् । आङबुहाङ प्रचण्ड समूहका हुन् भने आङ्बो गोपाल किराती समूहका हुन् ।
प्रचण्ड समूहले आङबुहाङलाई दलको नेता बनाउन चाहेको थियो । तर, गोपाल किराती समूहले आङबोलाई अघि सारेपछि दुई गुटबीच पदीय झगडा देखिएको थियो । बिहीबार विराटनगरमा बसेको संसदीय दल र प्रदेश कार्यालयको विस्तारित बैठकले संसदीय दलको नेता र सरकारको नेतृत्वको जिम्मेवारी बाँडफाँट गरेको छ ।
प्रदेश १ मा माओवादीका १६ जना सांसद छन् । यसबारे थप जानकारी दिन माओवादीले पत्रकार सम्मेलन गर्दैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्