Skip to content
LAXMI SUNRISE BANK

महालक्ष्मी विकास बैंकद्धारा वृद्धाहरुलाई सहयोग

अर्थ सरोकार

महालक्ष्मी बिकास बैंक लि. महाराजगंज शाखाले माघ ११ गते बुढानिलकण्ठ नगरपालिकास्थित तपस्थली वृद्धाश्रमलाई करिब ३० हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री वितरण गरेको छ । तपस्थली वृद्धाश्रममा आयोजित उक्त कार्यक्रममा महाराजगंज शाखाका शाखा प्रबन्धक दिभा राणाले तपस्थली वृद्धाश्रमका वृद्धाहरुलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरिन् । 
उक्त आश्रमले आफ्नो घरपरिवारबाट अवहेलीत ६० वर्षदेखि ९७ वर्ष सम्मका २५ वृद्धाहरुलाई आश्रय प्रदान गरिरहेको छ । बैँकले गरेको सहयोगप्रति आश्रमका वृद्धाहरुले खुशी ब्यक्त गरे ।
बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK