×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्जा सुचना केन्द्रको कालोसुचीमा परेका मिडिया हबका सञ्चालकद्वारा धुर्मुस-सुन्तलीमाथि अपमान र ‘बहिस्कार’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कर्जा सुचना केन्द्रको कालोसुचीमा परेका मिडिया हबका सञ्चालकद्वारा धुर्मुस-सुन्तलीमाथि अपमान र ‘बहिस्कार’

२४ माघ २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- जनताले ‘हाइ-हाइ’ गरेका धुर्मुस सुन्तलीलाई चर्चित एजेन्सी मिडिया हब प्रालिले मौन रुपमै बहिस्कार गरेको खुलासा भएको छ । नेपाल टेलिभिजनबाट प्रशारण हुने हास्य टेलिश्रृंखला ‘भद्रगोल’ मा धुर्मुस-सुन्तलीद्वारा नवनिर्मित सन्तपुर बस्तीलाई देखाउँदा धुर्मुसले अभिनय गरेको दृश्य, धुर्मुस-सुन्तली भनी बोलिएको फुटेज सबैलाई मिडिया हबले काटिदिएपछी यस्तो खुलासा भएको हो ।
कुनै समय अगाडी आएको आर्थिक लेनदेनको खटपटको कारण मिडिया हबले धुर्मुस सुन्तलीको ‘अपमान’ गरेको हो । भद्रगोलमा धुर्मुस सुन्तलीको नाम लिइएका शब्द सब काटेपछि भद्रगोलका निर्देशकद्वय अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) ‘फायर’ भएका छन् । यहिबीचमा घिमिरेले त फेसबुकमा स्टाटस लेखेर भद्रगोल बन्द हुने घोषणा नै गरेका थिए । पछी कुमार कट्टेलको आग्रहमा उनले उक्त स्ट्याटस हटाए ।
‘मलाइ पनि अचम्म लागेको छ । नराम्रो पनि लागेको छ । मिडिया हब र सिताराम दाइबीच के खटपट थियो कुन्नि, थाहा छैन । तर धुर्मुस दाइले अभिनय गरेको सिनमात्रै होइन उहाँको नाम आएको सबै दृृश्य काटियो । हामी सबै यसबाट दुखी छौं ।’ कुमार कट्टेल (जिग्री) ले भने । यता मिडिया हबका सञ्चालक सोम धितालले भने दृश्य काट्ने आफ्नो अधिकार भएको दावी गरेका छन् ।  यता मिडिया हब स्रोतले भने सोम धितालको ठाडो निदेशनमा धुर्मुस सुन्तलीको नाम भएका सबै दृश्य हटाउन निर्देशन दिएका थिए । 
स्मरण रहोस् मिडिया हबले कलाकारलाइ समयमा पैसा नदिने, पैसा नै नदिने लगायतका दुख पनि दिइरहेको छ । यहि कारण संस्थाका संचालक कर्जा सुचना केन्द्रको कालोसूचीमा समेत परेका थिए ।
यो पनि पढ्नुहोस् 

‘भद्रगोल’ चेक बाउन्स प्रकरण : नेपाली मिडियाका ‘हाइप्रोफाइल’हरु कर्जा सुचना केन्द्रको कालोसूचीमा !

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी