×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वामदेवको टेकोमा वाम एकता, ओलीले तलमाथि गरे एमाले फुटाउने तयारी !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

वामदेवको टेकोमा वाम एकता, ओलीले तलमाथि गरे एमाले फुटाउने तयारी !

२३ माघ २०७४, मंगलवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौं । नेकपा एमालेका केही नेता र अध्यक्ष केपी शर्मा ओली निकटकाहरूले सामाजिक सञ्जालदेखि एसएमएससम्ममा यसै साता एउटा तुरूप फ्याँके– एकतापछिको अध्यक्ष इश्वर पोखरेल बन्दैछन् । आधा दर्जन बढि वरिष्ठ नेताहरूको काँध थापेकोे एमालेभित्र मात्र होइन, माओवादी केन्द्र भित्र पनि यस विषयमा ठूलो बहस भयो । यो तुरूप पार्टी अध्यक्षमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मान्न सकिँदैन भन्ने सन्देश थियो । 
तर, पोखरेललाई माधवकुमार नेपाल, झलनाथ खनाल र वाम एकीकरणका सुत्राधार वामदेव गौतमले स्वीकार्ने अवस्था छैन । एकतापछिको अध्यक्षको तुरूपको के अर्थ भयो र ? ओलीका निक्कै नजिक भएका पोखरेलले वाम एकताको सन्दर्भमा पहिलेदेखि नै विवादास्पद अभिव्यक्ति दिएका कारण स्थायी कमिटि वैठकमा स्पष्टीकरण समेत दिनु परेको थियो । तर, उनी ओलीकै डिजनाइनमा मिडियावाजीमा उत्रिरहेका छन् ।
यसैबीचमा एमालेका अर्का मसिना नेता शेरधन राईले पनि प्रचण्डलाई अध्यक्ष मान्न नसकिने अभिव्यक्ति सार्वजनिक गरे । युवाहरूमाझ लक्षित गरेर दिइएको राईको यो बयानले पनि एकतामा संकत रहेको संकेत गरिरहेको थियो । ओलीका एक असलपात्र रहेका भोजपुरका प्रदेशसभा सदस्य राईले ओली नै अध्यक्ष र प्रधानमन्त्री बन्ने ठोकुवा पनि गरे । त्यसको पहिलो जवाफ माओवादी केन्द्रका तर्फबाट प्रचण्डका कान्छा ज्वाईँ जीवन आचार्यले सामाजिक सञ्जालमार्फत दिए । 
उनले ‘राईको यो अभिव्यक्तिले इतिहास कायम राख्न लागेको बामपन्थी ध्रुवीकरणमा संकट पैदा गर्ने प्रकारको रहेको’ लेखेका थिए । प्रचण्ड परिवारभित्रबाट सार्वजनिक भएको यो परोक्ष प्रतिक्रियाले खुमलटारले एमाले गतिविधिलाई निक्कै गहिरोसँग अध्ययन गरिरहेको संकेत गरेको छ । प्रचण्ड आजभोली परिवारका सदस्यमार्फत राजनीतिक धारणालाई बुझ्ने प्रयास गर्छन् । छोरा प्रकाशको निधनपछि उनको ठाउँमा कान्छी छोरी गंगा दाहाललाई स्थापित गराउनुले यसलाई पुष्टि गरेको छ । 
यहि साताको मध्यतिर प्रचण्डले फरक अभिव्यक्ति दिए – अहिले वामपन्थी एकीकरणलाई देशी विदेशी शक्तिले घेराबन्दिमा पारेका छन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमण सकिएको भोलीपल्ट उनको यो अभिव्यक्तिले बाम गठबन्धनमा भएपनि एकतामा संकटको बाँदल घुमिरहेको प्रष्ट संकेत गरेको छ । सोही दिन वाम एकताका एक प्रमुख सुत्राधार नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पनि प्रचण्डकै भाषामा प्रेस चौतारीको स्थापना दिवसमा भनिदिए– वाम एकता विभाजनका लागि विश्वशक्ति सक्रिय छन् । यो सक्रियता सफल भए सबैभन्दा ठूलो घाटा एमालेले व्यहोर्नुपर्नेछ । त्यो क्षति अकल्पनीय हुनसक्छ । 
यी अभिव्यक्ति र विरोधाभाषले पार्टी एकीकरणको अन्तिम चरणमा रहेका एमाले र माओवादी केन्द्र एकै कम्युनिष्ट पार्टीको छाताभित्र आउने विषयलाई अझ अतिरञ्जनतामा पारेको छ । ओली प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्न नसक्ने अडानमा रहेका कारण पदीय बाँडफाँड र सैद्धान्तिक विषय टुंगोमा पुग्न नसकेको सवैको ठहर छ । ओली र प्रचण्डबीच हुने वान टु वान वार्तामा पनि ओलीको यहि अडान पेचिलो बनिरहेको छ । ‘प्रचण्डसँग भेट्दा एउटा कुरामा सहमति गर्ने र अनेक तुरूप फ्याँक्ने ओलीका कारण एकीकरणले निचोडको अवस्था पाउन सकेको छैन’, खुमलटार स्रोतले भन्यो,‘माओवादीलाई उपयोग गरेर सत्ता र शक्तिको केन्द्रमा पुग्ने रणनीतिमात्र अपनाएको भन्नेतिर एमाले लागेको बुझिएको छ । तर यसले एमालेलाई घाटा गर्छ ।’
प्रचण्ड एमालेले एकीकरणमा धोका दिएको खण्डमा एमाले विभाजन गराउने अन्तिम तयारी गरिसकेका छन् । त्यसका लागि एकीकरणको प्रस्ताव लिएर प्रचण्डसामु पुगेका वामदेव एक पात्र बनेका छन् । वामदेवको टेकोमा अडिएको वाम एकीकरणको मुद्दा उनकै कारण हुने या एमाले विभाजनमा पर्ने भन्ने विषयले निक्र्यौल गर्नेछ । त्यसलाई गौतमले संकेत समेत गरिसकेका छन् । उनले भने,‘क्षति एमालेलाई हुनेछ । कसैको स्वार्थ र प्रभावमा एकीकरण भाँड्न उद्दत हुनु भनेको पार्टीलाई विनाशको बाटोतिर लैजानु हो ।’
जसरी बाम समिकरण अकास्मात् भयो त्यसरी नै एमाले विभाजन अकास्मात्मै हुने संकेत गरेको छ । उच्च स्रोतका अनुसार एमाले–माओवादीको एकता भंग भयो भने गौतमले पार्टी विभाजन गरी माओवादीसँग मिसाउने तयारी गरिसकेका छन् । यसैले पनि बामदेवको जगमा एकताको अन्तिम प्रयत्न पनि भइरहेको छ । गौतमको गुट एमालेभित्रको बहुमतको सुविधा हो । 
अघिल्लो पटक झलनाथ खनालले गौतमको सहयोगमा अध्यक्षमा विजय हात पारेका थिए भने यसपटक ओली पनि गौतमको टेकोमा नै अध्यक्ष निर्वाचित भएका थिए । तर एमालेभित्र भन्दा पनि गौतम माओवादी केन्द्रभित्र निक्कै चर्चित छन् । प्रचण्डले गौतमको विश्वासमा नै केही प्रभावशाली नेताको क्षति सहेरै एमालेसँग एकीकरणका लागि पहलकदमी गरेका थिए । ‘माओवादी आफ्ने गति र लयमा हिँडिरहेको दल हो, संविधानससभादेखि संघीयता स्थापित गराउनसम्ममा प्रमुख भुमिका रहेका कराणले प्रचण्डको राजनीतिक महत्व अहिले कमजोर हुँदैन । एमालेले धोका दिएको खण्डमा उसले नराम्रो मुल्य चुकाउनुपर्छ ।’, खुमलटार स्रोतले भन्यो । जनप्रहार साप्ताहिकमा खबर छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी