×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डलाई ‘रअ’को धम्की, ‘छोरा प्रकाशको बेडमै पुगेको त थाहा होला नि ?’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रचण्डलाई ‘रअ’को धम्की, ‘छोरा प्रकाशको बेडमै पुगेको त थाहा होला नि ?’

२३ माघ २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- भारतीय जासुसी संस्था ‘राइट एनालाइसिस विङ्ग ‘रअ’ का प्रतिनिधिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई  धम्की दिएको खुलासा भएको छ । धम्कीमा रअले प्रचण्डपुत्र प्रकाशको मृत्युको कुरासमेत खोलेको स्रोतको दावी छ ।
एक विश्वस्त सुत्रका अनुसार रअले उक्त धम्की दिए लगत्तै भारतीय विदेशीमन्त्री सुष्मा स्वराज नेपाल आएको र र नेपाली काँग्रेसको प्रस्तावमा प्रचण्ड प्रधानमन्त्री बन्न तयार नभएपछि उनलाई यस्तो धम्की दिइएको स्रोतको दावी छ । स्रोतका अनुसार “एमालेसँग पार्टी एकता गर्दा प्रधानमन्त्री पाइन्छ ? ‘रअ’का प्रतिनिधिले प्रचण्डलाई धम्की दिंदै भनेका थिए ‘छोरा प्रकाशको बेडमै पुगेको त थाहा होला नि ?’
जवाफमा प्रचण्डले अव बम एकता नरोकिने बताएका छन् । रअले धम्की दिएको कुरा प्रचण्डले आफ्ना केहि विश्वासपात्रलाई सुनाएका छन् । र तीनै विश्वास पात्र मध्येका एकले सोको जानकारी अर्थ सरोकार डटकमलाई दिएका हुन् ।
स्मरण रहोस् गत मंसिर २ गते राति प्रचण्डका एक्ला पुत्र प्रकाश दाहालको ‘रहस्यमय’ मृत्य भएको थियो । प्रचण्ड प्रतिनिधिसभाको निर्वाचनको प्रचारप्रसार गर्ने क्रममा मोरङ तिर गएका बेला राजधानीको लाजिम्पाटस्थित आफ्नै निवासमा राती एक्लै कोठामा सुतेका प्रकाश शरीर चिसो भइसकेको अवस्थामा भेटिएका बताइएको थियो । उनको मृत्यु हृदयघातबाट भएको बताइएको थियो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी