×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको शाखा लखनचोकमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको शाखा लखनचोकमा

२२ माघ २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लि.ले ओमसटिया गाउंपालिका–१ लखनचोकमा शाखा कार्यालय स्थापना गरी बैंकिङ कारोबार शुरु गरेको छ । बुटवलमा केन्द्रीय कार्यालय रहेको बैंकको यो १३ औं शाखा हो । 
शाखाको अ‍ेमसटिया गाउंपालीकाका अध्यक्ष हिरा केवतले एक समारोहका बिच उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले अवको लक्ष भनेकै समृद्धि हुदां सियारीमा कम्युनिटीको आगमनले त्यहांका उद्ममशिल वासिन्दाहरुको लागि बैंकिङ्ग सेवा सरल र सहज हुने धारणा राखे । 
बैंक संचालक समितिका अध्यक्ष पशुपति घिमिरेको सभापतित्व, प्रमुख कार्यकारी अधिकृत राजन प्रसाद खनालको स्वागत मन्तव्य तथा नायव प्रमुख कार्यकारी अधिकृत भक्त बहादुर खड्काको संचालनमा सम्पन्न उक्त कार्यक्रममा सृजनसिल महिला बचत तथा क्रृण सहकारी संस्थाकी अध्यक्ष चुमकला बश्याल, समाजसेवी यम बहादुर थापा र अ‍ेमसटिया गाउंपालीका वडा नं. ३ का अध्यक्ष चन्नर प्रसाद यादवले शुभकामना मन्तव्य राखेका थिए । 
बैंकले सुद्घोधन गाउंपालीकाको मानपकडी, वुटवल उपमहानगरपालीकाको कालिकानगर र बेलवास तथा नवलपरासीको बेलाटारीमा गरी थप ४ वटा नयां शाखाहरु संचालन गर्न भौतिक पुर्वाधार निर्माण कार्य भइरहेको जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी