कैलाली – घोडाघोडी नगरपालिका १ सुखडमा ज्योति लाईफ इन्स्योरेन्सको उपपशाखा सञ्चालन भएको छ ।केन्द्रिय बजार व्यवस्थापक प्रशुराम मरासिनीले उद्घाटन गर्दै शाखाको विहिबारबाट सञ्चालन शुरु भएको बताएका छन् ।
छोटो समयमै राम्रो मुनाफा गरेको भन्दै उनले व्यक्तिगत जोखिम र भविष्यको बचतका लागि बिमा गर्नुपर्ने बताए । २२० करोड चुक्ता पुजीबाट नेपाली बिमा बजारमा आएको कम्पनिको प्रमुख प्रोमोटर एन आई सि एसिया बैंक र गोल्छा ग्रुप रहेको क्षेत्रिय प्रमुख देशराम चौधरीले बताए ।