- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य वृद्धि भएको छ । बिहिबार प्रति तोला ५७ हजार ३ सयमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले बढेर प्रति तोला ५७ हजार ८ सयमा मुल्यमा कारोबार भइ रहेको छ ।
त्यस्तै गरि चाँदीको मुल्य स्थिर रहेर प्रति तोला ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४९ हजार ५ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ५१ रुपैयाँ ५ पैसा कायम गरेको छ।