
काठमाडौँ – भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भ्रमणको दोस्रो दिन अाज विहानैबाट राजनीतिक भेटवार्ता सुरु हुने भएको छ ।
विहीबार काठमाडौं अाइपुगेकी स्वराजले साँझै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिइन् । दोस्रो भेट अाज विहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग हुने भएको छ । प्रवक्ता पम्फा भुसालका अनुसार विहान ९ बजे होटल सोल्टीमै प्रचण्ड र स्वराजबीच वार्ता हुनेछ ।
स्वराजले प्रचण्डलाई भेटेपछि राष्ट्रपति भवन सितल निवासमै पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन् । स्वराज सितल निवासबाट बालुवाटार जानेछन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम छ । भेटपछि प्रधानमन्त्रीले बालुवाटारमै अायोजना गरेको दिवा भोजमा सहभागी हुने बताइएको छ ।
भारती प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतको रुपमा नेपाल अाएकी स्वराज अाजै अपराह्न्न दिल्ली फर्कने छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्