×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भूतपूर्व असई क्षेत्रीको घरबाट ३३ लाख नगदसहित ६ जुवाडे पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भूतपूर्व असई क्षेत्रीको घरबाट ३३ लाख नगदसहित ६ जुवाडे पक्राउ

१८ माघ २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सुर्खेत – नेपाल प्रहरीका भूतपूर्व असई भद्रबहादुर क्षेत्रीको घरबाट ३३ लाख नगदसहित ६ जना जुवाडेलाई जुवा खेल्दै गरेको आवस्थामा प्रहरीले पक्राउ गरेको छ ।
वीरेन्द्रनगर-१ बाङ्गेसिमलका ज्ञानेन्द्रबहादुर विश्वकर्मा, वीरेन्द्रनगर-३ का टीका वली, ज्ञानेन्द्र नेपाली, वीरेन्द्रनगर-६ का दुर्गाप्रसाद सापकोटा,भद्रबहादुर क्षेत्री र सवीर मियाँलाई पक्रेको छ ।
गणेशचोकस्थित नेपाल प्रहरीका भूतपूर्व असई भद्रबहादुर क्षेत्रीको घरमा जुवा खेलिरहेको अवस्थामा ६ लाख ४९ हजार ५६० नगद र २६ लाख ७५ हजारका चेकसहित पक्राउ परेका छन् ।
जुवा खेलेको ठाउँबाट २६ लाख ७५ हजारको चेक बरामद गरेको सवीर मियाँको नाममा काटिएको गणेशजल सहकारीको १० हजार र दुर्गाप्रसाद सापकोटाका नाममा काटिएका ४ वटा चेक बरामद भएको बताइएको छ ।
सुचनाका अधारमा निरन्तरको मेहनतपछि पक्राउ गरेको प्रहरीको भनाई छ । समुह जुवा खेल्नका लागि वीरेन्द्रनगर नजिकैको जंगलमा पनि पुग्ने गरेको थियो ।
उत्तरी जलाधार क्षेत्रभित्रको जंगलमा जुवा खेलिरहेको सूचना पाएपछि गएको प्रहरी टोलीले तास र मदिरामात्रै फेला पारेर फर्केको बताइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी