काठमाडौँ – एनएमबि बैंकले आफ्नो ग्राहकको लागि नयाँ सुबिधा लिएर आएको छ । एनएमबी बैंकले आफ्ना बचतकर्ताहरुको सुबिधालाई ध्यानमा राख्दै नेपालको एकमात्र विशेष सुबिधा भएको एनएमबि दिलाईत सेभिङ अकाउन्ट ल्याएको छ ।
यसको मुख्य बिशेषता भनेकै दिलाईत सेभिङ अकाउन्ट को एटिएम कार्डले नेपालभरीका कुनै पनि वित्तिय संस्थाहरु ( बैकिङ्ग, फाइनान्स, कर्पोरेटिभ) को एटिएमबाट पैसा झिक्दा कुनै पनि अतिरिक्त शुल्क नलाग्ने रहेको छ । निशुल्क मोबाईल बैकिङ्ग , इन्टरनेट बैकिङ्ग तथा आर्कषक ब्याजदर यस दिलाईत सेभिङ अकाउन्टको अन्य बिशेषताहरु रहेका छन् भने समग्र ग्राहकवर्गलाई समेट्ने बैंकको विश्वास रहेकोे छ ।
हाल एनएमबि बैंकको ९४ वटा शाखा, ४ वटा एक्सटेन्सन काउन्टर र ८७ वटा एटिएमहरुबाट सेवा प्रदान गर्दै आएको छ ।