×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

होटल सोल्टीमा स्वराज र ओलीको भेटवार्ता हुँदै, यस्ता छन् भित्री कुरा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

होटल सोल्टीमा स्वराज र ओलीको भेटवार्ता हुँदै, यस्ता छन् भित्री कुरा

१८ माघ २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – आज साँझ  होटल सोल्टीमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता हुने तय भएको छ । एमाले अध्यक्ष ओलीले पार्टी पदाधिकारीसहित स्वराजको टोलीसँग सामूहिक भेटवार्ता गर्ने पक्का भएको हो । भेटवार्ता होटल सोल्टीमा साँझ साढे ६ बजेपछि सुरु हुने अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ।
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि एमाले ठूलो शक्तिको रुपमा आएपछि भारतीय पक्षले नेपालसँग सम्बन्ध सुधार गर्ने पक्षमा देखिएको छ । नयाँ सरकारको नेतृत्व गर्ने तयारी गरेका एमाले अध्यक्ष ओलीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत सम्बन्ध सुधारको अभियानमा छन् ।
मोदीले माघ ७ गते टेलिफोन गरी भावी प्रधानमन्त्रीको रुपमा ओलीलाई शुभकामना दिएका थिए। ‘वेटिङ प्रधानमन्त्री’को रुपमा रहेका ओलीलाई फोन गरी मोदीले मिलेर काम गर्न इच्छुक रहेको बताइसकेका छन् । उनकै विशेषदूतका रुपमा विदेशमन्त्री स्वराजको नेपाल आगमन हुने भएको हो।
केपी ओली नेतृत्वको अघिल्लो सरकार परिवर्तन गर्न भारतले भूमिका खेलेको एमाले पक्षले बताउँदै आएको छ। भारत समेत राजनीतिक र आर्थिक रुपमा नयाँ सिराबाट एमाले र नेपालसँगको सम्बन्ध सुधारको पक्षमा रहेको बताउँदै आएको छ ।
संविधान जारी भएपछि त्यसको विरोधमा भारतले लगाएको नाकाबन्दीपछि नेपाल-भारत सम्बन्ध बिग्रिएको थियो । विदेशमन्त्री स्वराज सहितको भारतीय उच्चस्तरीय टोलीलाई ओलीले होटल सोल्टीमा रात्रिभोजको आयोजना गरेका छन्। ओलीसँगको भेटपछि भारतीय विदेशमन्त्रीले राजपा अध्यक्ष मण्डलका नेतासँग समेत भेट गर्नेछिन् ।
अपराह्न ३ बजेपछि नेपाल आउन लागेकी स्वराज सहितको ७ सदस्यीय टोलीले अन्य दलका नेतासँगै राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी