
चितवन – राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ६ महिनामा १७ वटा गैँडा मरेका छन् । कालगतिबाट मरेका गैँडामध्ये दुई बच्चासहित चार गैँडा बाढीपहिरोका कारण मरेका छन् ।
चोरी शिकारी नहुँदा पनि बाढीसँगै जुँधेर, बुढो भएर र बच्चा जन्माउन नसकेर मरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताए । निकुञ्ज क्षेत्रमा ३ र वन क्षेत्रमा १ गरी चार गैंँडा बाढीका कारण मरेका छन् भने बाढीले दुईवटा र बाघले खाएर एउटा बच्चा मरेको बताइएको छ । ५० वर्ष आयु हुने भए पनि ३० वर्ष कटेपछि गैंँडा कमजोर हुँदै जाने गर्दछ । बुढो भएर मरेका अधिकांश गैँंडा ३०-३५ वर्ष कटेका छन् ।
गत आर्थिक वर्षमा कालगतिले २५ वटा गैँंडा मरेको थिए । सन् २०१५ मा गरिएको गणनामा चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा ६ सय ५ वटा गैँंडा रहेका थिए । त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जमा ८ वटा र शुक्लाफाँटामा पाँचवटा गैँंडा स्थानान्तरण गरिएको थियो । गत साउनमा आएको बाढीका कारण बगाएका १० वटा गैँडाको उद्धार गरिएको थियो । बाढीले घाँसेमैदान नष्ट गरेपछि निकुञ्जका गैँडा समस्यामा परेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्