×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा इन्सुरेन्समा जितु र स्वस्तिमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सानिमा इन्सुरेन्समा जितु र स्वस्तिमा

१६ माघ २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – दुई महिनाअघि मात्र स्थापना भएको सानिमा इन्सुरेन्सले आफ्नो व्यवशायिक सुरुवात आक्रमक ढङ्गले अघि बढाएको छ । यसका लागि हास्यव्यङ्ग्य कलाकार जितु नेपाल र नायिका स्वस्तिमा खड्कालागि ब्राण्ड एम्बेस्डर तोकेको छ ।
दुई दशकदेखि हाँस्यव्यङ्ग्य क्षेत्रमा सक्रिय जितु नेपाल सन्तोष पन्तद्वारा निर्देशित चर्चित टेलिभिजन कार्यक्रम’हिजो-आजका कुरा’बाट उदाएका हुन् । जितु नेपालले दर्जनौ चलचित्रमा अभिनय गरेका छन् भने आफ्नै निर्देशनमा ‘जिरे खोर्सानी’ नामक श्रृंखला सञ्चालन गरिरहेका छन् ।
सबैभन्दा धेरै स्जेज सो गर्ने हास्यकलाकारको उपाधि पनि जितु नेपालकै नाममा छ । सामान्य तरकारी पसल चलाएर अभिनय यात्रा गरेका जितु नेपाल स्टाण्डबाइ कमेडीका कारण धेरै आम्दानी गर्ने कलाकारमा दरिएका छन् । उनी नेपाल टेलिभिजनमा प्रर्दशित टेलिश्रृंखलामा देखिने चरित्रका कारण मुन्द्रेका नामबाट पनि प्रशिद्ध छन् ।
दुई वर्षदेखि अभिनय क्षेत्रमा देखापरेकी स्वस्तिमा खड्का भने ‘कुटुमा कुटु सुपाडी दाना’ गीतका कारण सर्वप्रिय छिन् । उनका दुई रुपैंया र छक्का पञ्चा २ चलचित्र हिट भएका थिए । हाल उनी व्यस्त नायिका मध्ये एक मानिन्छिन् ।
सानिमा इन्सुरेन्सको बोर्ड बैठकले उनीहरुलाई ‘आकर्षक रकम’ दिएर आफ्नो ब्राण्ड एम्बेस्टर बनाएको बताएको छ । यद्यपि रकम खुलाएको छैन । सोमबार सानिमा इन्सुरेन्सको केन्द्रीय कार्यालयमा दुबै कलाकारसँग दुई वर्षका लागि सम्झौता गरिएको बोर्ड सदस्य खेम लामिछानेले बताए ।
सम्झौतापत्रमा सानिमा इन्सुरेन्सका नायब महाप्रवन्धक केशवराज केसी र कलाकार जितु नेपाल र स्वस्तिमा खड्काले हस्ताक्षर गरेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी