- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रति तोला ५७ हजार ४ सयमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले घटेर ५७ हजार मुल्यमा कारोबार भइ रहेको छ ।
त्यस्तै गरि चाँदीको मुल्य ५ रुपियाँले घटेर प्रति तोला ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४८ हजार ८ हजार ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४७ रुपैयाँ ५ पैसा कायम गरेको छ।