×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमानीलाई सांसद बनाउन देउवा र ओली सकारात्मक, यस्तो भने प्रचण्डले

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हिमानीलाई सांसद बनाउन देउवा र ओली सकारात्मक, यस्तो भने प्रचण्डले

१५ माघ २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पूर्वयुवराज्ञी हिमानी शाहलाई राष्ट्रियसभामा प्रवेशको लागि दौडधुप सुरु भएको छ । राजनीतिमा आउने इच्छा देखाएसँगै हिमानीलाई राष्ट्रिय सभामा सांसद बनाउन दरवार निकट व्यक्तिहरुले लविङ सुरु गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बैंककमा भेटेर हिमानीले आफू राजनीतिमा आउने इच्छा जाहेर गरेको बताइन्छ । पूर्व दरवारियाहरुले पनि हिमानीलाई संसदमा प्रवेश गराएर यही व्यवस्थामा दरवारको प्रतिनिधित्व गराउन दलहरुलाई सुझाव दिइरहेका छन् । उनीहरुले राजतन्त्र फर्कन गारो बन्दै गएको निष्कर्ष निकाल्दै यही व्यवस्थामा सहभागी भएर आफ्ना एजेण्डलाई जनतासम्म लिनु पर्ने सुझाव पूर्वराजा ज्ञानेन्द्रलाई पनि दिइरहेका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने ३ जनामा हिमानीको नाम पनि समावेश गर्न पूर्व दरवारीयहरुले प्रधानमन्त्री शेरबहादुर देउवाका साथै एमाले अध्यक्ष केपी शर्मा ओली र माके अध्यक्ष प्रचण्डलाई भेट गरिरहेका छन् ।
स्रोतका अनुसार देउवा र ओली सकारात्मक भएपनि प्रचण्डले भने अझैं मुख खोलेका छैनन् । उनले हिमानीलाई सांसद बनाउँदा जनतामा राम्रो प्रभाव नपर्ने बताउँदै आएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी