×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोमल वलीका कारण एमाले बैठकमा लफडा, शीर्ष नेताहरुबीच भनाभन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कोमल वलीका कारण एमाले बैठकमा लफडा, शीर्ष नेताहरुबीच भनाभन

Artha Sarokar

११ माघ २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – चुनावअघि एमाले प्रवेश गरेकी लोक गायिका कोमल वलीलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने विषयमा एमाले सचिवद्वय विष्णु पौडेल र योगेश भट्टराईबीच भनाभन भएको छ ।
उम्मेदवारको टुंगो लगाउन अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकमा भट्टराई र प्रदेश नम्बर ५ का इन्चार्जसमेत रहेका पाैडेलबीच भनाभन भएको हो । हात हालाहालको स्थितमा पुगेको लफडा ओलीले साम्य पारेका छन् ।
स्रोतका अनुसार बैठकले उपमहासचिव घनश्याम भुसाल र योगेश भट्राईले कोमल ओलीलाई उमेदवार बनाएको विषयमा नोट अफ डिसेन्ट लेखेका थिए । उनीहरुले नोट अफ डिसेन्ट लेखेसँगै पौडेल जंगिन पुगेका थिए । पौडेल जंगिँदा भुसालले कुनै प्रतिक्रिया नजनाएपनि भट्टराईले भने जवाफ फर्काएपछि भनाभन भएको एक स्थायी कमिटी सदस्यले बताए ।
ती स्थायी कमिटी सदस्यका अनुसार नोट अफडिसेन्ट लेखेपछि पौडेलले भट्टराई र भुसाललाई इंगीत गर्दै भनेका थिए, ‘५ नम्बर प्रदेशको इन्र्चाज म हो । मैले जे भने त्यो हुन्छ । अरुले चासो धेरै नराखेको राम्रो ।’ त्यसपछि नोट अफडिसेन्ट लेखेका भट्राईले पौडेललाई मुखभरीको जवाफ फर्काएका थिए । ‘हामीलाई पनि थाहा छ, कसको कनेक्सन कहाँ छ भनेर । लोकमान कार्कीदेखि एनसेलसम्म कहाँ–कहाँ के भएको छ सबै थाहा छ । हामीलेपनि हिसाब राखेका छौ । ठूलो कुरा नगरे हुन्छ । एक दिन सबै बाहिर आउँछ । सबै हिसाब असुलिन्छ’ भट्टराईको भनाई उदृत गर्दै स्रोतले भन्यो ।
यसविषयमा भट्टराईसँग सम्पर्क गर्दा प्रतिक्रिया दिन मानेनन् । उनले भने–जे भइरहेको छ, सबै राम्रो–राम्रो भइरहेको छ । यो भन्दा बढी म के नभूँ’, भट्टराईले भने ।
एमाले स्थायी समितिको बैठकले ५ नम्बर प्रदेशबाट कोमल वलीको नाम सिफारिस गरेपछि नेता कार्यकर्ताहरुले समेत सामाजिक संजालमा विभिन्न टिकाटिप्पणी गरेका छन् ।
एमाले नेता शंकर पोखरेलको पहलमा चुनावअघि कमल ओलीलाई संघमा टिकट दिने भन्दै एमालेमा प्रवेश गराइएको थियो । तर उनले त्यो समयमा टिकट नपाएपछि स्वतन्त्र उमेदवारी दिएकी थिइन् । तर पोखरेलले नै राष्ट्रिय सभामा लिने बचन दिएपछि उनले उमेदवारी फिर्ता लिएको चर्चा एमालेमा त्यो समयमा नै चलेको थियो ।
अन्ततः पोख्रेलले आफूले वलीलाई दिएको बचन विष्णु पौडेलको माध्यमबाट पुरा गराएर नै छोडे । जब कि पाल्पाबाट संघको लागि प्रमुख दाबेदार मानिएका युवा नेता ठाकुर गैरेलाई पनि त्यो समयमा राष्ट्रिय सभामा लैजाने बचन एमाले नेताहरुले दिएका थिए । तर गैरेको ठाउँमा वलीलाई उम्मेदवार बनाउन पौडेल र पोख्रेल सफल भएको एमालेभित्र चर्चा छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी