
संघीयता अवलोकन अध्ययन भ्रमणको नाममा गुठीचौर गाउँपालीकाको २७ सदस्यीय टोली भारत भ्रमणमा गएको छ । सरकारी पैसाको दुरुपयोग गर्दै गाउँपालीका अध्यक्ष हरिबहादुर भण्डारीको नेतृत्वमा सरकारी कर्मचारी सहितको टोली भारत भ्रमणमा गएको खुलेको हो ।
गाउँपालिकाको टोली साढे ११ लाख रुपैयाँ लिएर संघीयता अवलोकन अध्ययन भ्रमणको नाममा भारतको सिक्किम र दार्जिलिङ्ग हिँडेको हो । भ्रमणका लागि लुम्बिनी, इलाम, काठमाडौं समेत छानिएको गाँउपालिका स्रोतले बतायो ।
सरकारी कर्मचारी सहित जनप्रतिनिधिको टोली १० दिने भ्रमणमा हिँडेपछि गाँउपालिकाको दैनिक सेवा समेत रोकिएको स्थानीयले बताए । १० दिने संघीयता अवलोकन अध्ययन भ्रमण कार्ययोजना गाउँकार्यपालिकाबाट पास भएको भ्रमण टोलीका सदस्य तथा वडाध्यक्ष जग्गप्रसाद जैशीले जानकारी दिए । भ्रमण टोली सिक्किम र दार्जिलिङ्गमा मात्र करिब एकसाता घुम्ने योजनामा छ ।
यता भ्रमण टोलीका नेतृत्वकर्ता तथा गाँउपालिका अध्यक्ष हरिबहादुर भण्डारीले सिक्किम र दार्जिलिङ्गको विकास निर्माण हेरेर आफ्नो क्षेत्रमा कार्यान्वयन गर्ने तर्क गरे । टोलीमा अध्यक्ष भण्डारी, उपाध्यक्ष जानदेवी ऐडी, कार्यकारी प्रमुख केशवराज शर्मा, गाँउपालिकाका पाँचवटै वडाका अध्यक्ष, वडा सचिव र प्रत्येक वडाबाट २ जना निर्वाचित वडासदस्य लगायत छन् । – अन्नपूर्ण पोस्ट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्