
काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले पार्टीका नेता–कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै धेरै पढे मान्छेको दिमाग बिग्रिने बताएका छन् । धेरै पढेका मान्छेहरुलाई दिमाग बिग्रेका मान्छे भएको बताउँदै प्रचण्डले सजग हुन भनेका छन् ।
पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सांकेतिक रुपमा धेरै पढेका मान्छेहरुलाई दिमाग बिग्रेको बताए । प्रचण्डको उक्त भनाई कार्यक्रम सहभागीहरुले नै सामाजिक संजालमा पोष्ट गरेका थिए । ‘एक कान दुई कान मैदान’ भनेजस्तै सामाजिक प्रयोगकर्ताहरुले प्रचण्डको उक्त भनाईको आलोचना गरेका छन् ।
जनयुद्धमा बुर्जुवा शिक्षाको नारा दिएजस्तै अहिले पनि प्रचण्डले ‘धेरै पढे गिमाग बिग्रिने’ नारा दिएको भन्दै सामाजिक प्रयोगकर्ताहरुले विरोध गरेका छन् । प्रचण्डले सचेत कार्यकर्ता भन्दापनि लाल दास तयार गर्न नियतका साथ उक्त भनाई आएको केही अगुवाहरुले बताएका छन् ।
ति मध्ये प्रतिनिधिको रुपमा दुईओटा स्टाटसलाई लिएको छ ।
वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक नरेन्द्रजंग पीटरले प्रचण्डको भनाई निन्दनीय भएको बताएका छन् । उनले शक्तिको वरिपरी लुटपुटिन विवेकलाई शक्तिसामु दास बनाउने, चाकरीमा सिद्धहस्त, नीजि स्वार्थ पूरा नभएपछि घुर्की, धम्की दिनेहरुको नाडी युद्ध र शान्तिकालमा छामेर योस्त भन्न सकेको दाबी गरे ।
जनयुद्धमा प्रत्यक्ष रुपमा सहभागी भएका पत्रकार पीटरले प्रचण्डलाई श्री प्रचण्ड भनेका छन् । यसको अर्थ प्रचण्ड राजा महाराजाको भएको भन्ने हो ।
यस्तो पीटरको स्टाटसः जुन समय, सन्दर्भ र सन्देश भएपनि श्री प्रचण्डका ‘धैरै पढेपछि मान्छेको दिमाग बिग्रिन्छ’ भन्ने अभिब्यक्ति ठिक हैन र छैन्, निन्दनिय छ । तर, त्यसको अर्को पाटो पनि नियालौँ (शक्तिको वरीपरी लुटपुटिन विवेकलाई शक्तिसामु दास बनाउने, चाकरीमा सिद्दहस्त, नीजि स्वार्थ पूरा नभएपछि घुर्की, धम्की दिने त्यसपछि सम्बन्ध बिच्चेद गर्दै गाली महात्म्य रच्ने नेपाली बौद्धिकहरूको आर्दश हबिगतको नाडी पनि उनले युद्ध र शान्तिकालमा राम्रैसँग छामेर यस्तो भन्न सकेका हुँन् । लिलामीमा रहेका बुद्धिका टाउकाका नसा गनेकाहरूलाई यस्तो भन्न सक्ने हैसियतमा आलोचनात्मक चेतरहित बौद्धिक तप्काले नै पुर्याएका हुँन ।
त्यसैगरी अर्का लेखक तथा बुद्धिजिबी खगेन्द्र संग्रौलाले पनि प्रचण्डको उक्त भनाईका आलोचना गरेका छन् । संग्रौलाले दुई पटक प्रधानमन्त्री भइसकेको मान्छेले देशको शिक्षा सम्बन्धी नीति नियमबारेमा बोल्नुपर्नेमा तल्लोस्तरको अभिव्यक्ति दिएको बताए ।
यस्तो छ संग्रौलाको स्टाटसः दुईपटक प्रधानमन्त्री भइसकेको मान्छेले यस्तो भन्ने देशमा नीति निर्माण तहबाट शिक्षासम्बन्धी कस्ता नियम वा कार्यक्रम बनाइन्छन ? प्राज्ञिक गतिविधिको स्थिति के हुन्छ,‘पढेलेखेका हाइफाइहरु चाइनिज जुत्ताजस्ता हुन्छन्’ भन्नेहरु र यिनीहरुमा फरक के छ ?
अध्यक्ष प्रचण्ड जनसाँस्कृतिक महासंघका कार्यक्रममा बोलेको उक्त अभिव्यक्तिको भिडियो पनि सामाजिक संजालमा भाइरल बनाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्