×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनकुटामा प्रशासन कार्यालयमा अागजनी र सवारी साधन तोडफोड, स्थिति तनावग्रस्थ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

धनकुटामा प्रशासन कार्यालयमा अागजनी र सवारी साधन तोडफोड, स्थिति तनावग्रस्थ

४ माघ २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – धनकुटामा राजधानीको माग गर्दै अान्दोलनमा उत्रेका अान्दोलनकारी र प्रहरीबीच झडप भएको छ  । उक्त झडपमा  तीन जना घाइते भएका छन् ।
बुधबारबाटै सुरु भएको अान्दोलनले विहीबार झडपको रुप लिएको छ । स्थितिलाई नियन्त्रणमा लिन भन्दै प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ भने लाठी चार्ज समेत गरेको छ । अाक्रोसित अान्दोलनकारीहरुले विहान १० बजे प्रशासन कार्यालयमा आगजनी गरेका थिए ।
जिल्ला प्रहरीका अनुसार आगजनीबाट कार्यालयको दुई थान कम्प्यूटर, प्रिन्टर लगायतका सामग्री जलेर नष्ट भएका छन् । अान्दाेलनकारीले जिल्ला डिभिजन कार्यालय, वारूण यन्त्र लगायतमा समेत ताेडफाेड गरेका छन् ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीका अनुसार स्थानीय प्रशासनले धनकुटामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । पश्चिममा घुमाउने चौतारा, उत्तरमा देब्रेवास र दक्षिणमा पातले खोलासम्म कर्फ्यु लगाइएको हो । आन्दोलनकारी र प्रहरीबीच अहिले ढुंगा हानाहान भइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी