काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थाइल्याण्डको बैंककमा स्वास्थ्य परीक्षण गरेर स्वदेश फर्किएका छन् । ओली आए लगतै शेरबहादुर देउवा सरकारले गरेका निर्णयमा असहमति जनाएका छन् ।
बिहीबार स्वदेश फर्किएका ओलीले सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न सहमति दिएको तर, व्यक्ति र स्थानमा सहमति नरहेको बताए ।
सरकारले ढिलै भएपनि अस्थायी मुकाम तोकेर अप्ठ्यारो फुकाएको भन्दै एमाले अध्यक्ष ओली प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभालाई भएको बताए । उनले भने, अनुकुलता, आवश्यकता र सम्भावनालाई हेरेर उपयुक्त निर्णय गर्छ ।’
आफ्नो भ्रमणलाई लिएर अनावश्यक प्रचार भएको भन्दै उनले भने, ‘कच्चा भेटियो, कतै पक्का भेटियो भनेको सुनेँ । यति साह्रो दरिद्र चिन्तन किन हुन्छ, अचम्म लाग्छ ।’ ओलीले अहिले आफ्नो स्वास्थ्य ठीक रहेको पनि जानकारी दिएका छन् ।