
दिपायल – सरकारले ७ नम्बरको प्रदेश अस्थायी मुकाम कैलाली राख्ने निर्णय गरेको छ । कैलालीलाई अस्थायी मुकाम राख्ने निर्णयसंगै सुरु भएको आन्दोलनले उग्र रुप लिएको छ । आन्दोलनकारीहरुले अनिश्चितकालिन आमहडतालको घोषणा गरेका थिए ।
विहीबार विहान अाफूहरुको मागको बेवास्ता गर्दै कैलाली मुकाम राख्ने निर्णय गरेको भन्दै अाक्रोसित आन्दोलनकारीहरुले डोटी नेपाली काँग्रेसका पार्टी कार्यालय कब्जा लिएको र पार्टीको झण्डा च्यातेर कालो झण्डा गाडेका छन् ।
बुधबार राति दिपायलस्थित मोटर ग्यारेजमा बनाउन राखेका दुई मोटर साईकलमा आगजनी गरिएका थिए । आक्रोसित आन्दोलनकारीले बुधबार राति दिपायलको पिपल्ला बजारका पसलका साईन बोडहरु तोडफोड गरेका छन् ।
डोटीका गाउँगाउँबाट जनता दिपायल आइरहेका छन् । आन्दोलनको नेतृत्व उद्योग बाणिज्य संघले गरेको छ । कैलाली आस्थायी राजधानी राख्ने सरकारको निर्णय नसच्याएसम्म आन्दोलन फिर्ता नहुने बताउँदै संघका अध्यक्ष तथा आन्दोलनका संयोजक नरेन्द्रवहादुर खड्काले बताए ।
आन्दोलनरत स्थानिय राजनीतिक दल, नागरिक समाज, गैर सरकारी संस्थाका प्रतिनिधिहरुको छुट्टा छुट्टै बैठक बसि रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्