काठमाडौँ – निर्वाचनपछि पहिलो पटक नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीको तयारी, उम्मेदवार चयन समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
अपेक्षा गरेअनुसार परिणाम नआएपछि पार्टीभित्र केन्द्रीय समिति र महासमिति बैठक बोलाउनुपर्ने माग बढेपछि पहिलोपटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
निर्वाचनमा पार्टीको पराजयको समेत समीक्षा गर्ने भनिए पनि आजको बैठक एकदिने मात्र हुने र राष्ट्रियसभा निर्वाचनको तयारीमा मात्र केन्द्रित हुने भएकाले तुरुन्तै अर्काे बैठक बोलाइने बताइएको छ ।
केन्द्रीय कार्यसम्पादन र संसदीय समिति विघटन गर्नुपर्ने, संगठन सुदृढीकरणका लागि विभाग गठन र केन्द्रीय समितिलाई पूर्णता, भ्रातृ संस्थालाई पूर्णता एवं प्रभावकारी परिचालनकोे सन्दर्भमा बैठक बस्न लागेको हो ।