
हेटौंडा – हेटौंडालाई ३ नम्बरको प्रदेशको राजधानी बनाउन माग गर्दै आन्दोलन हुने भएको छ । मकवानपुर उद्योग बाणिज्य संघको पहलमा बुधबार बसेको सर्वपक्षीय बैठकले हेटौंडालाई प्रदेशको अस्थायी मुकाम नतोकिए कडा आन्दोलनमा जाने निर्णय गरेको छ ।
सरकारले आजै प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गर्दैगर्दा हेटौंडामा आन्दोलनको घोषणा भएको मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मावध न्यौपानेले जानकारी दिए । मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले पनि ३ नम्बर प्रदेशको मुकाम हेटौंडा नै उपयुक्त हुने भन्दै सरकारले अन्यत्र तोके सशक्त आन्दोलन हुने बताए ।
‘हेटौंडा प्रदेशको राजधानी नभए हेटौंडेली जनता तत्काल सडकमा आउँछन्,’ संघका बरिष्ठ उपाध्यक्ष न्यौपानेले भने,’उपयुक्त हुने ठाउँलाई नतोकेर काठमाडौं र त्यस आसपासनै मुकाम तोकिए त्यसले थप समस्या मात्रै सिर्जना गर्छ ।’ उनले जुनसुकै मुल्य चुकाएर भएपनि हेटौंडालाई प्रदशेको राजधानी बनाउने बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्