×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कपडा पसलमा आगलागी हुँदा ४० लाखको क्षति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कपडा पसलमा आगलागी हुँदा ४० लाखको क्षति

३ माघ २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

विराटनगर – विराटनगरको कपडा पसलमा आगलागी भएको छ । विराटनगरको मेनरोडस्थित ट्राफिक चोक नजिकको एक तयारी कपडा पसलमा बुधबार बिहान बिहान ५ बजेतिर आगलागी भएको हो । पसलमा आगलागी हुँदा करिब रु ४० लाख बराबरको धनमाल क्षति भएको वडा प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र सिटौलाले बताए । 
विराटनगर–६ निवासी प्रशन्न वैद्यको ट्याग फेसन वेयरमा विद्युत् चुहावट भई भएको आगलागीबाट पसलमा रहेको तयारी ५० प्रतिशतभन्दा बढी कपडा जलेर नष्ट भएको छ ।  वारुणयन्त्र, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रण लिइएको थियो । आगलागीको कारण र क्षतिको विवरणको विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी