
चितवन- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कति खर्च गरे होलान् ? २५ लाखभन्दा बढी खर्च गर्न नपाइने निर्वाचन आयोगको नियम छ । आजको नागरिकमा खबर छ ।
धेरै गरे पनि निर्वाचन कार्यालयमा बुझाउने विवरणमा २५ लाख रुपैयाँभन्दा बढी खर्च गरेको कसैले लेख्दैनन् । दाहालले पनि त्यही हाराहारीको खर्च विवरण बुझाएको ठान्नुभएको छ भने तपाईं गलत हुनुहुन्छ । उनले पेस गरेको विवरणमा त्यसको आधा पनि खर्च नभएको देखिन्छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहाल वाम गठबन्धनबाट चितवन क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यका विजयी भएका हुन् । उनका मुख्य प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका केन्द्रीय उपाध्यक्ष तथा वनमन्त्री विक्रम पाण्डे थिए । पाण्डेलाई कांग्रेसको समर्थन थियो । दुवैको प्रचार शैली निकै खर्चिलो देखिन्थ्यो ।
जिल्ला निर्वाचन कार्यालयमा पाण्डे र दाहालले बुझाएको विवरण हेर्दा पनि उनीहरुले खर्चमा प्रतिस्पर्धा गरेको छर्लंग हुन्छ । तर उनीहरुले पेस गरेको खर्च विवरण अरूले सोचेभन्दा निकै थोरै छ । पाण्डेले पुस २० गते निर्वाचन कार्यालयमा बुझाएको विवरणअनुसार चुनावमा उनले नौ लाख ३९ हजार ३४० रुपैयाँ खर्च गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्