
काठमाडौँ – हिमालयन बैंक लिमिटेडले आफ्नो २५औं वार्षिकोत्सवको अवसर पारेर “हेल्पिङ्ग ह्यान्ड्स चिल्ड्रेन होम” का बालबालिकालाई सहयोग प्रदान गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले नागार्जुन न.पा. सीतापाईला, आदेश्वरस्थित उक्त संस्थाका २१ जना बालबालिकाहरुलाई लुगा (ट्रयाक सुट) तथा खाद्यान्नहरु (चामल, दाल, खाने तेल, नुन, चिनी, गेडागुडी, विस्कुट आदि) प्रदान गरेको हो ।
देशका विभिन्न स्थानका अनाथ बालबालिकाहरुलाई उक्त चिल्ड्रेन होमले आश्रय दिइरहेको छ । बैंकका तर्फबाट बैंकका महाप्रबन्धक सुशील जोशीले उक्त सहयोग सामग्रीहरु हस्तान्तरण गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्