×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमाले–माकेको संयुक्त कार्यदलले काम सुरु गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एमाले–माकेको संयुक्त कार्यदलले काम सुरु गर्ने

२६ पुष २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच राष्ट्रिय सभा निर्वाचन, प्रदेश सरकार गठन र संसदको जिम्मेवारीसम्बन्धी कार्य शुरु गर्ने भएको छ ।
बुधबार दुवै पार्टीका अध्यक्ष ओली र प्रचण्डले एकतासम्बन्धी कार्यविधि तय गरेर काम शुरु गर्न निर्देशन दिएसँगै शुरु गरिएको हो । निर्वाचन, प्रदेश सरकार र संसदको जिम्मेवारीबारे गृहकार्य गर्न गठन गरिएको कार्यदललाई अध्यक्षद्वयले निर्देशन दिएका थिए ।
कार्यदलका सदस्यहरुको संयुक्त बैठक बुधबार बालकोटमा अध्यक्षद्वय ओली र प्रचण्डक्षसहित बसेको थियो । जिम्मेवारी तोकिए अनुसार कार्यदलले राष्ट्रिय सभाको निर्वाचनमा साझा उम्मेदवार, प्रदेश सरकारको गठन, प्रदेशको मूख्यमन्त्री, सभामुख लगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा प्रतिवेदन पेश गर्नेछ ।
प्रतिवेदन पार्टीको जनमत, व्यक्तित्व र योगदान, पार्टी एकताको गति र सन्तुलनलाई मुख्य अधार मानिने कार्यदलका एक सदस्यले बताए । कार्यदलमा माओवादीबाट रामबहादुर थापा, बर्षमान पुन र मातृका यादव रहेका छन् भने एमालेबाट सुवास नेम्वाङ, शङकर पोखरेल र सुरेन्द्र पाण्डे छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी