
काठमाडौं – त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीको गिरफ्तारीको बारेमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने यो सब कानूनको नाममा गरिएको ज्यादती हो ।
डा. केसीलाई सोमबार अदालतको अवहेलना मुद्दामा प्रहरीले अनसनस्थलबाटै पक्राउ गरेको थियो । उनलाई अहिले सर्वोच्च अदलात उपस्थित गराइएको छ ।
सामाजिक सञ्जाल ट्वीटमार्फत माअेावादी नेता श्रेष्ठले अदालत भगवान नभएको भन्दै मानहानीलाई सत्याग्रहीबिरुद्ध हतियार बनाउनु गलत भएको बताएका छन् ।
‘डा. गोविन्द केसीको रातारात गिरफ्तारी कानूनको नाममा गरिएको ज्यादती हो । अदालतको मानहानीलाई सत्याग्रहीबिरुद्ध हतियार बनाइनु नितान्त गलत छ । फेरि दोहोर्याएर भन्छु, अदालत ‘भगवान’ होइन । राज्यको पुनसंरचना गर्दा न्यायालयलाई भने यथावत राखियो । त्यसको पनि परिणाम हो यो । सम्बन्धित सबैले बुझुन् ।’ उनले ट्वीट गर्दै भनेका छन् ।
डा केसीको गिरफ्तारीको चौतर्फी बिरोध भएको छ । नागरिक समाजले मंगलबार माइतीघरमा बिरोध प्रदर्शन समेत गरेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्