
काठमाडौँ – दरबारमार्ग स्थित होटल अन्नपूर्णमा रहेको क्यासीनोे अन्नाका कारण एक हजार मजदुर अहिले सडकमा पुगेका छन् । भूकम्पको मौका छोपी होटल व्यवस्थापनले क्यासीनोे रहेको भवन नियतबस भत्काएपछि एक हजार मजदुर तिन बर्षदेखि सडकमा छन् । क्यासीनोे खुल्ने र पुनः रोजगार पाउने आशमा बसेका मजदुरहरू तीन बर्षपछि फेरी थप पिडामा पर्ने भएका छन् । होटल व्यवस्थापनले क्यासीनोे चलाउने जिम्मा गैरकानुनी तरीकाबाट विनय शाहलाई सुम्पिएपछि मजदुरहरू थप पिडामा छन् । नयाँ क्यासीनोे सञ्चालकका रूपमा देखा परेका शाहले पुराना मजदुरलाई पुनः बहाली नगर्ने चेतावनी दिदै शनिवारको कान्तिपुर दैनिकमा नयाँ मजदुरको आवश्यकता भन्दै विज्ञापन गरेपछि मजदुरहरू थप पिडामा परेका हुन् ।
यस बिषयमा केही मजदुरहरू शाहसँग जिज्ञासा राख्न जाँदा शाहले ज्यानमार्ने धम्की दिँदै प्रहरी बोलाएर हातपात गर्न खोजेको मजदुरहरूले जनप्रहारलाई बताए । अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितीको प्रतिवेदन २०७२ ले समेत सरकारी निकायलाई दोषी देखाउँदै महाभूकम्पको मौका छोपी होटल व्यवस्थापनले आफुखुसी अनियमित ढंगले उक्त क्यासीनोे सञ्चालन रहेको भवन भत्काएर समस्या झन् बढाएको ठहर गरेको थियो । श्रमिकहरूको भनाई एवम् स्थलगत अबलोकन भ्रमण पश्चात समितीले यो ठहर गरेको हो । समितीले बन्द रहेको क्यासीनोे सञ्चालन गर्न दिई सरकारको रोयल्टी, श्रमिकको रोजगारी तथा पाउनु पर्ने सबैको बाँकी बक्यौता असुल उपर गर्नु पर्नेमा सबै कुरा नबुझि क्यासीनोे संचालनको सहमति बिना नै भवन भत्काउन सहयोग गर्ने तत्कालिन सरकारी निकायलाईसम्म कारवाहीको माग समितीले गरेको थियो । तर समितिको प्रतिवेदनलाई वास्ता नगरी पुनः सरकारका केही भ्रष्ट कर्माचारीको मिलोमतोमा शाहले नयाँ अनुमतीपत्र लिई नाम समेत परिवर्तन गरी सोही होटलमा क्यासीनोे सञ्चालन गर्न सुरू गरेका छन्् । उता क्यासीनोे मजदुर भने शाहबिरूद्ध अदालत जाने तयारीमा छन् ।
शाहले गुण्डागर्दी शैलीमा पुरानो मजदुरलाई पेल्दै नयाँ मजदुरको आह्वान गरेपछि उनीहरू त्यसको बिरूद्ध अदालत जाने तयारी गरेको क्यासीनोे अन्नाका मजदुर मुरारी दहालले जनप्रहारलाई बताए । क्यासीनोेका सबै मजदुर संगठन एक भएर शाहबिरूद्धको लडाईमा उत्रिएको अर्का मजदुर रूपनारायण श्रेष्ठ जानकारी दिए । क्यासीनोे बन्द पश्चात दुई बढी महिला मजदुर विदेशी भूमीमा आफ्नो श्रम बिक्री गर्दै आएका अन्ना क्यासीनोेका प्रकाश घिमिरेले बताए । उनले भने,‘एक दर्जन जतिले बिरोजगारका कारण आत्माहत्या गरीसकेका छन् । पुन शाहले मनपरी गरेर हामी माथि गुण्डागर्दी नरोक्ने हो भने सयौं मजदुर होटल परिसरमा झुण्डीन तयार छौं ।’ शाह पछिल्लो समय विवादस्पद व्यापारी हुन् । उनी पनि कुनै ताका क्यासीनोेका मजदुर थिए । जनप्रहार साप्ताहिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्