×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जब एसपी मीरा चौधरी ‘स्तन ठूलो बनाउने’ औषधि किन्न आफैं पसल पुगिन्…!

PRIME CA

जब एसपी मीरा चौधरी ‘स्तन ठूलो बनाउने’ औषधि किन्न आफैं पसल पुगिन्…!

२० पुष २०७४, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – मुखमा मास्क लगाएकी छन् । गुनासो छ, ‘स्तन एकदमै सानो भयो । श्रीमानले पनि वास्ता गरेनन् ।’ पसलेले भन्यो, ‘के चिन्ता गर्नुहुन्छ ? यो लिएर जानुस्, एक महिनामा काम भएन भने पैसा फिर्ता !’ उनले गुनासो गरिन्, ‘पहिला पनि यहीबाट यही औषधी लगेको । 
तर, काम भएन् ।’ पसले अड्किए, ‘नचाहिने कुरा गर्नुहुन्छ !’ त्यसपछि ‘स्तन सानो भएकी’ महिलाले इशारा गरिन् । झुरुप्प सादा पोशाकबाला मानिसहरु भेला भए । ‘उहाँलाई हाल्नुस्’ भन्दै आफू पनि गाडीको अघिल्लो सीटमा बसिन् ।
यी ‘स्तन सानो भएकी’ ग्राहक थिईन्, नेपाल प्रहरीमा कडा मिजासकी भनेर चिनिने एसपी मीरा चौधरी । खासमा उनलाई स्तन बढाउनु परेको थिएन्, तर उनको जस्तो स्तन भएका थुप्रै महिला स्तन ठूलो पार्ने चक्करमा दिनदिनै र दिनदहाडैं राजधानीभित्रै लुटिँदै थिए ।
‘लिंग उत्तेजित नभएर एकदमै हैरान भयो । यौनसम्पर्क गर्दा बल्ल-बल्ल लिंग सोझिन्छ, तर तुरुन्तै फेरि लत्रक्क परेर खत्तम ! मलाई दवाई दिनुर्‍यो साहुजी !’ यस्तो सुनेपछि ‘एक गिलास दूधमा हालेर दिनमा दुईपटक खाने’ भन्र्दै बसुन्धाराका पसलेले एउटा औषधि दिए ।
‘लिंग उत्तेजित भएन्’ भन्ने ग्राहकले औषधिमात्र हातमा लिएनन्, पसलेलाई ‘यता आउनुस् त’ भनेर बोलाए । किन रहेछ भन्दै ‘ग्राहक’ को छेउमा पुगेका मात्र के थिए, च्याप्प समातेर गाडीमा हाले । अनि परिचय दिए, ‘म डिएसपी कवित कटसवाल हुँ ।’
यसरी एक हप्ताअगाडि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरीहरु १० वटा टोली बनाएर आफैं-आफैं यौनको बिरामी बन्दै राजधानीका विभिन्न भागमा छरिए । कसैको यौन सम्पर्क शुरु नहुँदै वीर्य स्खलन हुने, कसैको यौन उत्तेजना साम्य नभएर समस्या परेको, कोहीकी श्रीमती उत्तेजित भईनन् भन्ने गुनासो ।
यस्तो गुनासो लिएर १० वटा ‘बिरामी टोली’ ले १३ ठाउँबाट १५ जनालाई पक्राउ गरी महाराजगञ्जस्थित प्रहरी बृतको हिरासतमा राखिएको छ । उनीहरुमाथि थप अनुसन्धान भईरहको प्रहरीले जनाएको छ । जनअाश्था साप्ताहिकमा खबर छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: