
काठमाडौँ – गत मंसिरमा भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनपछि नयाँ सरकार गठन र वाम गठबन्धन बनाएर निर्वाचन लडेका पार्टीबीचको एकता अन्यौलमा परेको छ । सरकार गठन केहि ढिलो या केहि त होला तर, एमाले–माअोवादी एकता हुन्छ या हुँदैन भन्नेमा भने आशंका छ । ‘गिफ एन्ड टेक’ को आधारमा दुई पार्टीबीच एकता हुने एकमात्र आधार हो ।जसमा एमाले–माअोवादी मध्येक एकले प्रधानमन्त्री र अर्कोको एकीकृत पार्टीको नेतृत्व गर्ने । तर, पछिल्लो समय आ–आफ्नै स्वार्थका कारण सतहीमा पुगेर छलफल गर्नेभन्दा जनताले ‘मिलेर जाउ है’ भनेर दिएको म्यान्डेडको धज्जी उडाउनै काम भएको छ । यसले पार्टी एकता र सरकार गठनमा मात्र नभएर भोलिका दिनमा एमाले–माओवादीलाई पनि अफ्टउारोमा पार्न सक्नेछ ।
लामो समयदेखि एमाले अध्यक्ष केपी ओलीको स्वास्थ्य अवस्था ठीक छैन । उनले पार्टी अध्यक्षमा निर्वाचित हुँदा भनेका थिए, ‘म सँग लामो समय छैन, त्यसैले छोटो समयमै धेरै गर्नु छ ।’ उनका यी शब्दहरु बारम्बार दोहरिदै आएका छन् । वाम गठबन्धनको बहुमतपछि उनी प्रधानमन्त्री बन्ने चर्चासँगै ओलीले यो कुरा फेरि दोहर्याएका थिए । र, अहिले उनी बिरामी छन् ।
उनी यतिसम्म बिरामी भएका छन् कि पार्टी एकताका विषयमा छलफल गर्न सक्ने अवस्था पनि छैन । एमाले नेताहरु नै स्वीकार्छन, ‘पार्टी अध्यक्षलाई विसञ्चो भएका कारण पार्टी एकताबारे छलफल हुन नसकेको हो ।’ ओलीको स्वास्थ्य अवस्था के–कस्तो, उनलाई के भएको हो भन्ने सार्वजनिक नभएपनि उनी धेरै रोगी भएकाले यसलाई स्वभाविक रुपमा लिइएको छ ।
मृर्गौला प्त्यारोपण गरेका ओली बेलाबेला बिरामी परिरहन्छन् । बाथ रोग र युरिक एसिडका कारण पनि उनी पीडित छन् । ओलीले ६ महिनाको अन्तरालमा थाइल्याण्डमा नियमित स्वास्थ्य जाँच गराउँदै आएका छन् । उनीमा देशप्रति माया भए तापनि स्वास्थ्यका कारण देश हाँक्न सक्छन् या सक्दैनन् भन्ने प्रश्न धेरैमा छ ।
एमालेसँग पार्टी एकता नहुने भएपछि प्रचण्ड प्रधानमन्त्री हुने निश्चित छ । एमालेले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै हडप्न खोजेको खण्डमा माओवादीले त्यसलाई धोका सम्झनेछ र, कांग्रेससँग हात मिलाउने सम्भावना छ । कांग्रेस–माओवादी गठबन्धनमा मधेसवादी दलले साथ दिनेछन् र बहुमतको सरकार बन्नेछ ।
त्यसबाहेक अर्को विकल्प भनेको एमाले–माओवादी गठबन्धनबाटै प्रचण्ड प्रधानमन्त्री बन्ने हो । पार्टी एकता नभएपछि माओवादी कांग्रेससँग मिल्न जाने भय एमालेमा हुनेछ । यस्तो भएमा ऊ पाँच वर्ष सरकारमा सहभागी नहुने निश्चित छ । त्यसैले एमालेसँग प्रचण्डलाई स्वीकार्नुबाहेकको अर्को विकल्प हुने छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्