×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अनेरास्ववियुका बिद्यार्थी र प्रहरीबीच त्रिचन्द्र क्याम्पस अगाडि झडप, दर्जन नेता-कार्यकर्ता घाइते (भिडियोसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अनेरास्ववियुका बिद्यार्थी र प्रहरीबीच त्रिचन्द्र क्याम्पस अगाडि झडप, दर्जन नेता-कार्यकर्ता घाइते (भिडियोसहित)

Artha Sarokar

१८ पुष २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेकपा एमाले सम्बद्ध अनेरास्ववियुका बिद्यार्थी र प्रहरीबीच त्रिचन्द्र क्याम्पस अगाडि झडप भएको छ । उक्त झडप निर्वाचन आयोग, सरकार र इन्धनमा गरिएको मूल्यबृद्धिबिरुद्ध आन्दोलनमा उत्रिएको  अनेरास्ववियुका बिद्यार्थी नियन्त्रण गर्ने क्रममा भएको हो ।

आन्दोलनकारी बिद्यार्थीहरुले सडक कब्जा गरी नाराबाजी गरिरहेको क्रममा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ र त्यसका साथै झडपमा अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौला लगायत दर्जनौं बिद्यार्थी नेता कार्यकर्ता घाइते भएको अखिलका सचिव आरसी लामिछानेले जानकारी दिए ।
आक्रोशित बिद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव र इन्धनमा गरिएको मूल्यबृद्धि बिरुद्ध चर्का नारा लगाइरहेका छन् । सरकारले हिजोमात्र पेट्रोलियन पदार्थ र खाना पकाउने ग्यासमा मूल्यबृद्धि गर्ने निर्णय गरेको थियो ।
सचिव लामिछानेले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्पक्षेपको बिरोध गर्दै आन्दोलन अझै शशक्त बनाइने बताए । आन्दोलन र झडपपछि त्रिचन्द्र क्याम्सप आसपास घण्टाघर, रत्नपार्क, भोटाहिटी, जमल क्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी