×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कांग्रेस शीर्ष नेताद्वारा तत्काल सरकार छोड्न देउवालाई सुझाव

PRIME CA

कांग्रेस शीर्ष नेताद्वारा तत्काल सरकार छोड्न देउवालाई सुझाव

१८ पुष २०७४, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – नेपाली कांग्रेसका शीर्ष नेताले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई छिटो सरकार छाड्न सुझाव दिएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गर्न कांग्रेसका शीर्ष नेताले देउवालाई सुझाव दिएका हुन् ।
देउवाले चुनावी समीक्षा र पार्टीको भावी रणनीतिबारे छलफल गर्न मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस शीर्ष नेतालाई छलफलका लागि डाकेका थिए । बालुवाटार पुगेका कांग्रेस शीर्ष नेताले छिटो प्रदेश प्रमुख तोक्न पनि सुझाव दिएका छन् । कांग्रेस सभापति समेत रहेका देउवाले निर्वाचनमा पार्टीले ब्यहोरेको हारको समीक्षा गर्न छिट्टै केन्द्रीय समिति र महासमिति बैठक बोलाउने पनि प्रतिबद्धता जनाएका छन् ।
शीर्ष नेताहरुसँगको छलफलमा देउवाले पार्टीमा अनुशासनहीनता बढ्दै गएको र चुनावमा कांग्रेसको पराजयका कारण पनि आन्तरिक अनुशासन नहुनु पनि रहेको बताएका थिए । देउवाले आफ्नो बचाउ गर्दै पार्टीको हारमा नेतृत्वको मात्रै कमजोरी नभएको दोहर्याएका थिए ।
बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्याक्ष चित्रलेखा यादव, नेताहरु कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, रामशरण महतलगायतको सहभागिता थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: